३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

माधव नेपालकाे दल दर्ता हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार गर्छाैँ : नेता श्रेष्ठ

६ भदाै, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी दर्ता हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताए । श्रेष्ठले आइतवार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै  यसबारे शीर्ष नेताहरूबीच पहिल्यै समझदारी बनिसकेको समेत जानकारी दिए ।

उनले माधव नेपालको पार्टीले दर्ताको प्रमाणपत्र पाएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । निर्वाचन आयोगले नेपालको पार्टीलाई आधिकारिकताको लागि सनाखत गर्न  बुधवारको समय दिएको छ ।

नेता श्रेष्ठले भने, ‘सरकारको सन्दर्भमा यसअघि नै शीर्ष नेताबीच समझदारी भएको छ, नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको प्रक्रियामा गइसकेको सन्दर्भमा दर्ताको निर्णय भएपछि नै सरकारलाई पूर्णता दिइने छ ।’ उनले भने, ‘सरकारले पूर्णता नपाउनु दुःखद कुरा हो, तर अब एकदुई दिनमा पूर्णता पाउँछ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ गते शपथ लिएर सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका थिए । तर, एक महिना भन्दा लामो समयसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

प्रकाशित मिति : 19:01