३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

बामदेव गौतम एमाले मै, फुटेको पार्टीमा गएको भनेर चरित्रहत्या गरेको भन्दै आपत्ति प्रकट

६ भदाै, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गाैतमको बारेमा सञ्चारमाध्यमा चरित्रहत्या गर्ने गरी समाचार प्रकाशित भएको भन्दै उनको स्वकीय सचिवालयले आपत्ति जनाएको छ । गाैतमका स्वकीय सचिव दीपक टमाटाले सामाजिक सञ्जाल मार्फत त्यस्ता समाचारमा ध्यानाकर्षण भएको जनाउँदै गाैतम एमालेमै रहेको र दायाँबायाँ नगरेको बताएका छन ।

टमाटाले भनेका छन, ‘आजकल केही दिन देखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जाेडेर मन्त्री बन्दैहुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेकाे भन्दै फाेटाे सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही हाेईन । क.वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैली प्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । तसर्थ अन्य खाले प्रचार प्रसार मा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’

प्रकाशित मिति : 11:07