३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

कांग्रेसले सत्ता चलाउन सक्दैनः अध्यक्ष जबरा

४ भदाैँ, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने बताएका छन् । अध्यक्ष जबराले शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै एक महिना बितिसक्दा समेत मन्त्रीपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरे ।

ओली सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्नेले नै पार्टी फुटाउन पाउनेगरी अध्यादेश ल्याएको उल्लेख गर्दै कांग्रेसले सत्ता चलाउने लक्षण नदेखाएको दावी गरे । उनले भने, ‘त्यही मान्छे जसले पहिला केपी ओलीले ४० प्रतिशत भएदेखि पार्टी फोड्न पाइन्छ भन्दाखेरी त्यस्तो काम गर्नु हुँदैन अस्थिरता ल्याउँछ भनेर भनेको । त्यही पार्टीले २० प्रतिशतले पनि फुटाए हुन्छ भन्ने अध्यादेश ल्यायो । दुवै ठूला पार्टी, एउटा पार्टी त चकनाचुर नै भो । अर्को ठूला पार्टीले मलाई लाग्छ तीन, चार महिनाको दरमियानमा यो मुलुकमा उसले पनि शासन चलाउन सक्दैन ।’ उनले राप्रपाले हिन्दू राज्यको स्थापना र राजसंस्थाको झण्डा फर्फराएर मुलुकको प्रगतिको लागि अगाडि बढ्ने समेत बताए ।

प्रकाशित मिति : 16:59