एमाले १० बुँदे सहमतिको बाटोबाट विचलित हुँदैनः शंकर पोखरेल
३ भदाै, काठमाडाैँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टी १० बुँदे सहमतिको बाटोबाट विचलित नभइ अघि बढ्ने बताएका छन । सामाजिक सञ्जाल मार्फत प्रतिक्रियादिँदै पोखरेलले १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न एमाले प्रतिवद्ध रहेको बताएका छन ।
उनले भनेका छन, ‘झण्डै तीन कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतीको वाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो । कार्यदलले तयार गरेको १० वुँदे सहमतीको वाटोवाट अघि वढ्न पार्टी प्रतिवद्ध छ । पार्टीलाई कमजोर पार्ने षडयन्त्रका विरुद्ध विचलित नभइ अघि वढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य हो । विचार र सिद्धान्तले लैस पार्टीलाई संगठनात्मक रुपमा सुदृढ बनाउ, सबै प्रकारका षडयन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाउ ।’
प्रकाशित मिति : 10:15









