झलनाथ खनाल एमालेमै रहने, माधव नेपालले हस्ताक्षर दुरूपयोग गरेकोमा असन्तुष्टि
३ भदौ, काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू नेकपा एमालेमै रहने बताएका छन । आफू निकटका नेताहरूसँग कुरा गर्दै वरिष्ठ नेता खनालले आफूले एमाले नछाड्ने तर १० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीलाइ समृद्ध बनाउने कुरा गरेको स्रोतले जनाएको छ ।
खनालले माधवकुमार नेपालले नयाँ पार्टीका नाममा हस्ताक्षर दुरूपयोग गरेकोमा असन्तुष्टि समेत जनाएका छन । खनालको इशारामा उनी निकटका नेताहरूले माधवकुमार नेपालको नयाँ पार्टी बहिष्कार गरेका छन । खनाल निकट मानिएका दोस्रो र तेस्रो तहका कुनै पनि नेताले नयाँ पार्टीको जिम्मेवारी स्वीकार गरेका छैनन् ।
उनीहरूले दुःख गरेर निर्माण गरिएको पार्टी एमालेमै रहेर अन्तरसंघर्ष गर्दै अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन । खनाल उपचारका क्रममा दिल्लीमा रहेका कारण उनी नेपाल नफर्किदाँसम्म उनको बारेमा गरिएका दाबीहरू सत्यता परीक्षण हुन समस्या भएको छ ।
प्रकाशित मिति : 09:11









