३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

एमाले फुटको घोषणा गर्दै माधव नेपालले भने राजावादीहरू पनि उत्साहित छन्

१ भदौ, काठमाडौँ । नेकपा एमाले फुटको घोषणा गर्दै माधवकुमार नेपालले राजावादी शक्तिहरू पनि उत्साहित बनेको बताएका छन। आफूनिकट जनसंगठनका नेतारकार्यकर्तासँग भर्चुअल संवाद मार्फत सम्बोधन गरेका नेपालले रहस्यमय ढंगले राजसंस्था पुनस्थापनको सन्दर्भ कोट्याएका छन । उनले एमाले अध्यक्ष ओलीलाई गणतन्त्र र परिवर्तन बिरोधी रहेको भन्दै अघि भनेका छन, ‘राजावादी शक्ति उत्साहित बनेका छन् । राजतन्त्रको पुनस्र्थापना हुने खतरा बढेको छ । प्रतिगमनकारी शक्ति, धर्मनिरपेक्षताविरोध शक्ति सल्बलाउन थालेका छन् ।’

नेपालले एमाले विभाजन भएको बताउँदै राजसंस्थाको विषय उप्काए पछि अनेक आशंकाहरू देखिएका छन । नेपाल कुनै समय प्रधानमन्त्री माग्दै राजाको पाउमा दाम चढाउन जाने त कहिले प्रतिगमन आधा सच्चिएको भन्दै निवेदन दिने नेताको रूपमा परिचित छन ।

 

प्रकाशित मिति : 18:07