एमाले फुटाउँदा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्छः अध्यक्ष ओली
१ भदौ, काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले फुटाउँदा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने चेतवानी दिएका छन । उनले राजनीतिक दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेश कांग्रेसका लागि नै महँगो पर्ने चेतावनी दिए । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले फुटाउन खोज्दा कांग्रेसले नै त्यसको ठूलो मूल्य चुकाउनुपर्ने बताए ।
गठबन्धनले ऐतिहासिक भनेको सर्वोच्च अदालतको फैसलाको समेत अध्यादेशले अवहेलना गरेको उनले बताएका छन । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको बैठकले आफ्नो पार्टी फुटाउने गरी नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चर्को विरोध गर्दै अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ।
यस्तै बैठकले तीन दिन भित्र संसद बैठक बोलाउनसमेत माग गरेको छ। संसद छलेर अध्यादेश ल्याउने, पार्टी फुटाउने कस्तो निकृष्टता र अलोकतान्त्रिक सरकारले अध्यादेश फिर्ता गलिएर संसदको बैठक तीन दिनभित्र बोलाइनु पर्ने माग गरेको छ।
प्रकाशित मिति : 16:35









