सिभिल बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै
१ भदाै, काठमाडौंँ । सिभिल बैंकले ऋणपत्र निष्काशन गर्न भएको छ । बैंकले ३ वर्ष अवधीको ९ प्रतिशत ब्याज भएको सिभिल ऋणपत्र २०८८ निष्काशन गर्न लागेको छ । बैंंकले १,००० अंकित दरको ३० लाख कित्ता सिभिल बैंक ऋणपत्र २०८८” को प्रत्याभूती गर्नका लागि निष्काशन कम्पनी तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोष लगायत ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छे कृती क्यापिटलले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम आज प्रत्याभूती सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ ।
सम्झौता पत्रमा सिभिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नागरिक लगानीकोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल, प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र माछापुच्छे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले संयूक्त हस्ताक्षर गरेका छन् ।
जारी गरिने ऋणपत्रहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भए बमोजिम आवेदन प्राप्त हुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् ।प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्व, ग्लोबल आइएमई क्यापिटलले ३० करोड, प्रभु क्यापीटल लि.ले ३५ करोड र माछापुच्छे कृति क्यापिटलले ३५ करोड बरावरको ऋणपत्र प्रत्याभुति गरेका हुन् ।
प्रकाशित मिति : August 17, 2021 at 2:02 pm









