जनताले ‘वी मिस् केपी ओली’ भन्न थालिसकेः महेश बस्नेत (भिडियाेसहित)
३२ साउन, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद महेश बस्नेतले नेपाली जनताले अहिले केपी शर्मा ओलीलाई सम्झिरहेका बताएका छन् । साेमबार बसेकाे प्रतिनिधिसभा बैठककाे शून्य समयमा बाेल्दै बस्नेतले जनताले फेरि पनि केपी ओली भन्न थालिसकेका बताए । बस्नेतले वर्तमान सरकारले काम गरिरहेकाहरुलाई पनि हटाउन खाेजेकाे अाराेप समेत लगाए ।
उनले भने, ‘जनताले अहिले वी मिस केपी ओली भनिरहेका छन्, ओली सरकारले विगतमा जसरी काम गरिरहेकाे थियाे,वर्तमान प्रधानमन्त्रीले काम गरिरहेका राजदूतलाई हटाउने, नयाँ सरकार बनाउन नसक्ने, परराष्ट्र मन्त्री बनाउन नसक्ने सराेकारवाला नसक्ने के फेरि आन्दाेलन गर्नुपर्ने हाे ? के फेरि पनि केपी ओलीकाे सरकार ल्याउनुपर्ने हाे ? याे नेपाली जनताकाे आवाज हाे,यसमा सरकारकाे ध्यान जाहाेस् ।’
अघिल्लाे सरकारले चीनकाे बुहानबाट विद्यार्थीकाे उद्धार गर्ने हाेस् चाहे अफगानिस्तानबाट नेपालीकाे उद्धारमा खेलेकाे भूमिकाबाट वर्तमान सरकारले सिक्नुपर्ने सुझाव पनि उनले भने । अफगानिस्तानमा रहेका नेपालीलाई ल्याउन सरकारले किन ढिला गरिरहेकाे छ भन्ने प्रश्न गर्दै उनले भने -‘अनलाई फर्म भरेर समिति बनाएर सरकार पन्छिन मिल्छ ? ‘ जयसिंह धामी प्रकरणबारे छानबिन प्रतिवेलन पेस गर्न पनि समेत उनले सरकारकाे ध्यानाकर्षण गराए ।
प्रकाशित मिति : 15:27









