प्रतिगमनको खतरा नटरेकाे माओवादीको निष्कर्ष, वाम गठबन्धनको सहकार्य कायमै राख्ने
३१ साउन, काठमाडाैँ । नेकपा माओवादी केन्द्रले प्रतिगमनको खतरा अझै पनि कायमै रहेको निष्कर्ष निकालेको छ । केन्द्रीय कमिटी बैठकले प्रतिगामी कदम असफल भए पनि प्रतिगामी खतरा भने अन्त्य नभइसकेको निष्कर्ष निकालेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रतिगमनको खतराप्रति सचेत हुँदै संविधान तथा लोकतन्त्रको रक्षा र कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्नुपर्छ भन्ने बैठकको निष्कर्ष रह्यो,’ श्रेष्ठले भने, ‘प्रतिगमनको खतरा रहँदासम्म वाम गठबन्धनको सहकार्यलाई कायमै राखिनेछ ।’
उनले सरकार र प्रतिनिधिसभालाई पूर्ण कार्यकालमा सञ्चालन गर्दै सफल पार्न पनि अपिल गरिएको बताए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित भएको छ ।
यस्तै बैठकले अफगानिस्तानमा रहेका नेपालीहरूको जीवन रक्षा र आवश्यक सहयोग गर्न सरकारले तत्काल पहल गर्न माग पनि गरेको छ ।
प्रकाशित मिति : 19:33









