३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

मिर्मिरे लघुवित्तले घोषणा गर्यो लाभांश

३१ साउन, काठमाडाैँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साउन ३० गते शनिबार बसेको लघुवित्तकाे बैठकले गरेको निर्णयानुसार हाल विद्यामान चुक्ता पूँजीको बोनस सेयर वापत २० प्रतिशत लाभांश घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा मर्जर तथा प्राप्ती कार्य सम्पन्न गरी दुई संस्था प्राप्ती गरी एकिकृत कारोबार शुरु गरिसकेका कारण शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनार्थ नगद लाभांश छुट्याइएको छैन। उक्त प्रस्तावित राष्ट्र बैंकको स्व्व्कृति र संस्थाको आगामी साधारणसभाबाट अनुमोदन भएपश्चात पारित गरिनेछ ।

प्रकाशित मिति : August 15, 2021 at 1:55 pm