१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

समृद्धि फाइनान्सद्वारा टिकटक भिडियो च्यालेञ्ज सञ्चालन

२८ साउन, काठमाडाैँ । समृद्धि फाइनान्सले आज साउन २८ गतेबाट एक महिनासम्मका लागि टिकटक भिडियो च्यालेन्ज सञ्चालनमा ल्याएको छ।

उक्त च्यालेञ्जमा नेपाली नागरिक जोकोही पनि सहभागी हुन सक्नेछन्। फाइनान्सको टिकटक पेजमा दुईवटा अडियो जिङ्गल उपलब्ध रहेको र प्रयोगकर्ताले त्यही जिङ्गलमा टिकटक बनाउनुपर्ने फाइनान्सले जनाएको छ।

उक्त च्यालेन्जमा भाग लिएका व्यक्तिहरुले कम्तीमा पाँचजना साथीलाई पेज ट्याग गर्नुपर्ने र यसरी राखिएका भिडियोहरु समृद्धि फाइनान्सले आफ्नो सोसियल मिडियाहरुमा प्रयोग गर्ने जनाएको छ।

यसका साथै सबैभन्दा अधिक भ्युज हुने उत्कृष्ट तीनजनालाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार दिने फाइनान्सका व्यापार विकास प्रमुख शालिकराम पन्थीले जानकारी दिए।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड, कर्पोरेट पेजस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ। निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ।

हाल पाँचवटा शाखाहरुमार्फत कारोबार गर्दै आएकोसंस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ। यसका साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ तथा ई–केवाईसीलगायतको प्रविधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउँदैछ।

प्रकाशित मिति : August 12, 2021 at 6:47 pm