१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेप्सेमा कृषि विकास बैंकको ६० लाख कित्ता ऋणपत्र सूचीकृत

२६ साउन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कृषि विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ । कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’ नेप्सेमा सूचीकृत भएको हो । बैंकको ४ प्रतिशत व्याजदर रहेको ऋणपत्र साउन २६ गते नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र निष्काशन गरेको थियो । ऋणपत्र सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक र नेप्सेबीच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेप्सेका तर्फबाट चन्द्रसिहं साउदले हस्ताक्षर गरेका हुन् । यससँगै, बैंकको ‘कृषि ऋणपत्र’, साउन २७ गतेदेखि दोश्रो बजारमा कारोबार सुरु हुनेछ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार १६:५९