१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड आज, कसले कति पाउँदैछन ?

२६ साउन, काठमाडाैँ । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ आज बाँडफाँड हुँदैछ । आईपीओको प्रि–अलोटमेन्ट सोमबार सकिएको र आज बिहान ९ बजे बाँडफाँड हुने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

आइपीओको नजिता बिक्री प्रबन्धकको वेवसाइट, मैलुङ खोलाको वेससाइट, मेरो सेयर र सिडिएससीले आइपीओको नजिता थाहा पाउन तयार पारेको वेवसाइटबाट थाहा पाउन सकिने छ । आइपीओमा रितपूर्वक आवेदन दिएका कुल संख्यामध्ये ६८ हजार ४७४ जनाले १० कित्ताको दरमा सेयर पाउनेछन् ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । कुल सेयरमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुका लागि र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणलाई निष्काशन हुने गरेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार ०८:२४