१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आज पनि घट्यो सुनको मूल्य,कति पुग्याे ताेलाकाे ?

२५ साउन, काठमाडाैँ । नेपाली बजारमा यो साता सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेकाे छ । आज सुनकाे मूल्य ताेलाकाे १००० रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा काराेबार भएकाे छ । आइतबार प्रतितोला १५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा काराेबार भएकाे थियाे । यस्तै, तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा काराेबार भएकाे छ।

आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १२१५ रुपैयाँमा काराेबार भएको छ । आइतबार बजारमा चाँदी प्रतितोला १२४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार ११:४७