छाया कांग्रेस बनेको माधव नेपालको गुट फुट्यो, झलनाथ समूह एमालेमै रहने
२५ साउन, काठमाडौँ । छाया कांग्रेसको भूमिकामा रहेको माधवकुमार नेपाल समूह फुटेको छ । माधव नेपालको लोभ र कुण्ठाले एमाले अफ्ठेरोमा परेको निष्कर्ष निकाल्दै वरिष्ठ नेता झलनाथ खनाल समूह एमालेमै रहने निष्कर्षमा पुगेको छ ।
योसँगै माधव नेपाल समूहबाट झलनाथ खनाल समूह बाहिरिएको छ । सचिव भीम आचार्यको नेतृत्वमा खनाल समूह अलग भएको छ । सम्भवतः उक्त समूहले आजैको बैठकमा सहभागिता जनाउनेछ ।
उनीहरूले माधव नेपालले गुटभित्र खनाल निकट नेताहरुलाई अपमान गरेको, शंकाको दृष्टिले हेरेको भन्दै संस्थापनतिरै जाने निष्कर्ष निकालेका हुन । आचार्यले पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफूहरु अन्तिममा एकताको पक्षमा उभिने वचन दिइसकेका छन ।
प्रकाशित मिति : 08:59









