३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

आजबाट एमाले लयमा फर्किदैँ, पहिला स्थायी कमिटी र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्दै

२५ साउन, काठमाडाैँ । नेकपा एमाले आजबाट पुरानै लयमा अघि बढ्ने तयारी गरेको छ । आन्तरिक विवादमा रूमलिइरहेको एमालेले आज साउन २५ गतेका लागि स्थायी र केन्द्रीय कमिटीको छुट्टाछुट्टै बैठक बोलाएको छ ।

यसअघि माधवकुमार नेपाल समूहको माग र सुझावका अाधारमा बैठक र भेलाहरू रोक्दै अघि बढेको एमाले आजबाट पार्टीमा अाउनेका लागि सधैँका लागि ढोका खुला राखेर अघि बढ्न लागेको एक नेताले जानकारी दिए । उनक अनुसार एमालेले अाफ्नो संगठन सुदृढिकरणको काम मुख्य रूपमा अघि बढाउने छ ।

बैठकमा विधान संशोनका एजेण्डाले प्रवेश पाउने बुझिएको छ । एमालेविरूद्धकै गतिविधि सञ्चालन गरिरहेको माधवकुमार नेपाल गुटको केन्द्रीय कमिटीबाट १० बुँदे सहमति अनुमोदन गरेपछि बोलाइएको बैठकलाइ अर्थपूर्ण रूपमा हेरिएको छ । सम्भवतः बैठकमा नेपाल समूहका नेताहरूले समेत सहभागिता जनाउने छन ।

स्थायी कमिटी बैठक बिहान ११ बजे र केन्द्रीय कमिटीको बैठक सोही दिन दिउँसो ३ बजेका लागि तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 08:47