२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

मेसीले भनेः म यो परिस्थितिका लागि तयार थिइँन

२४ साउन, काठमाडौँ। बार्सिलानोबाट बिदा हुने निश्चित भएका क्लबका पूर्वकप्तान लियोनेल मेसी पत्रकार सम्मेलनमै धुरुधुरु राेएका छन् । क्लबबाट बिदा हुने निश्चित भएपछि आफैँले आयोजना गरेको पत्रकार सम्मेलनलाई भावुक हुँदै सम्बोधन गरेका मेसीले यो आफ्नो लागि एकदमै कठिन क्षण भएको बताए ।

मेसीले भने, ‘यो एकदमै कठिन छ, म यो परिस्थितिका लागि तयार थिइँन, गत वर्ष म क्लब छोड्नका लागि तयार थिएँ । तर, यो वर्ष मेरो परिवार र म बार्सिलोनामै आफ्नो बसाइ लम्ब्याउने योजनामा थियौं,’ उनले भने ‘आज मैले ‘गुड–बाई’ भन्नुपर्छ, म यहाँ १३ वर्षको हुँदा आइपुगेको थिएँ र, २१ वर्षपछि आज मेरी श्रीमती र छोराछोरीसँग बिदा हुँदैछु ।’

अर्जेन्टिनी कप्तान तथा ६ पटकका बालोन डी’अर विजेता मेसीले आफ्नो आगामी गन्तब्य निश्चित भइनसकेको बताए । ‘अहिलेसम्म मैले कसैसँग कुनै पनि सम्झौता गरेको छैन, यो एक वर्ष कठिन रह्यो । आधा वर्ष समर्थक बिना रह्यो । म राम्रोसँग बिदाई भन्न चाहन्छु,’ मेसीले भने ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आईतवार १७:५१