३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

सरकार चलाउने प्रधानमन्त्रीले हो कि गठबन्धनले ?

२४ साउन, काठमाडौँ । राष्ट्रिय सभाकी सांसद विमला राई पौड्यालले देउवा नेतृत्वको सरकार बनेको एक महिनासम्म पनि मन्त्रिपरिषद बिस्तार हुन नसक्नु निर्लज्जताको पराकाष्ट भएको बताएकी छिन् ।राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद पौडयालले भनिन्,–‘जुन तरिकाले भएपनि अहिले देउवाको नेतृत्वमा सरकार छ, तर यो सरकार बनेको एक महिना पुग्नलाग्दा पनि मन्त्रिपरिषद बिस्तार हुन नसक्नु दुखद हो ।’

सत्तारुढ दलले गठबन्धन बनाउँदै सरकारसम्म हस्तक्षेपकारी भूमिका खेलेकोमा असन्तुष्टि व्यक्त गदै उनले भन्नुभयोनिन्,–‘केही दिनदेखि एउटा हल्ला चलिरहेको छ, हल्लामा कति सत्यता छ थाहा छैन तर सत्तारुढ गठबन्धनले समानान्तर राजनीतिक संयन्त्र बनाउदै छ ।

फर्मल रुपमा संघमा, प्रदेशमा, स्थानिय तहमा, यसले प्रधानमन्त्रीलाई निर्देशित गर्छै ।’ संसदले सरकार चुनेपनि प्रधानमन्त्री गठबन्धनप्रति प्रतिबद्ध भएको उनको दावी थियो । प्रधानमन्त्री कोसँग जिम्मेवार हुने ? संसदप्रति जवाफदेही हुने कि गठबन्धनको राजनीतिक संयन्त्रप्रति ? उनको प्रश्न थियो ।

गठबन्धनको राजनीतिक संयन्त्रणलाई संविधानले चिन्दैन । सांसद पौडयालले आक्रोष व्यक्त गदै भनिन्,प्रधानमन्त्री छान्ने संसदले अनि प्रधानमन्त्रीको हात खुटटा सवै बाँधेर सयन्त्रले चलाउने सरकार ? त्यसो हो भने गठबन्धनमा भएका सवै दलका नेताहरुलाई प्रधानमन्त्री बनाउनुस ।

गठबन्धनबाट चलेकै कारण वर्तमान सरकारले संसदीय पद्धतिलाई हास्यांस्पद रुपमा गिज्गाउने काम गरेको उनले बताइन् । जुनसुकै तरिकाले सरकार बनेपनि प्रधानमन्त्री संसदप्रति जिम्मेवार हुनुपर्ने उनको तर्क थियो । उनले भनिन्, प्रधानमन्त्रीले सरकार चलाउने हो, संयन्त्रले सरकार चलाउने हैन । संयन्त्रले हात खुट्टा बाधेर सरकारलाई काम गर्न नदिन मिल्छ ? उनले देउवालाई संसदप्रति जिम्मेवार भएर काम गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : 14:46