सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२४ साउन, काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज (साउन २४ गते, आइतबार) अन्तिम दिन रहेको छ । गत बुधबारदेखि सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले बुधबारदेखि ६० करोड रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई छुट्याईएको छ । बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा हालसम्म ५.५५ गुणा बढी आवेदन परेको छ । निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार शुक्रबारसम्मको तथ्याङ्क अनुसार १९ लाख १८ हजार ५५७ जनाले २ करोड ९९ लाख ८३ हजार ६२० कित्ता शेयरको लागि २ अर्ब ९९ करोड ८३ लाख ७८६२ हजार रुपैयाँ संकलन भएको क्यापिटलले जनाएको छ ।
प्रकाशित मिति : 11:35









