३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

अब एमाले पुरानै गतिमा अघि बढ्ने, साउन २५ मा स्थायी र केन्द्रीय कमिटी डाकियो

२३ साउन, काठमाडाैँ । नेकपा एमाले अब पुरानै लयमा अघि बढ्ने भएको छ । आन्तरिक विवादमा रूमलिइरहेको एमालेले साउन २५ गतेका लागि स्थायी र केन्द्रीय कमिटीको छुट्टाछुट्टै बोलाएको छ ।

एमालेविरूद्धकै गतिविधि सञ्चालन गरिरहेको माधवकुमार नेपाल गुटको केन्द्रीय कमिटीबाट १० बुँदे सहमति अनुमोदन गरेपछि बोलाइएको बैठकलाइ अर्थपूर्ण रूपमा हेरिएको छ । सम्भवतः बैठकमा नेपाल समूहका नेताहरूले समेत सहभागिता जनाउने छन ।

स्थायी कमिटी बैठक बिहान ११ बजे र केन्द्रीय कमिटीको बैठक सोही दिन दिउँसो ३ बजेका लागि तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 22:05