एमालेले स्वीकार गरेको २२ दिनपछि १० बुँदे सहमति माधव नेपालको गुटबाट पनि अनुमोदन (भिडियो)
२२ साउन, काठमाडाैँ । नेकपा एमालेले १० सदस्यी कार्यदलले गरेको १० बुँदे सहमति स्वीकार गरेको २२ दिनपछि माधवकुमार नेपालले अाफ्नो गुटको भेलबाट पनि अनुमोदन गराएका छन । बिहीबार र शुक्रबार भएको नेपाल समूहको भेलाले कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गरेको स्थायी कमिटीका सदस्य रघुजी पन्तले जानकारी दिए । उनले ठूलो मिहेनत गरेर तयार गरिएका कारण यसैको जगमा टेकेर पार्टी एकतको थप काम अघि बढाउने बताए ।
प्रकाशित मिति : 18:17









