केपी ओलीले एक साताभित्र माफी नमागे नयाँ पार्टी बनाउने माधव समूहको निष्कर्ष
२२ साउन, काठमाडौँ । माधवकुमार नेपाल समूहको भेलाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक साताभित्र माफी नमागे नयाँ पार्टी खोल्ने निष्कर्ष निकालेको छ । बैठकबाट बाहिरिनेक्रममा समूहका प्रवक्ता समेत रहेका मेटमणि चौधरीले केपी ओलीले आफ्ना गल्तीप्रति क्षमायाचना गरेमात्र त्यसतर्फ सोच्न सकिने विषयमा सहमति बनेको बताए । चौधरीले सरकारमा जानुपर्ने विषयमा नै धेरै सदस्यहरूको एकमत रहेको बताए । उनले ओलीलाई हटाउन नसके र उनी नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने कुरा बैठकमा उठेको बताए । उनले एक साताको अल्टिमेटम दिएर प्रक्रिया अघि बढाउने बताए ।
प्रकाशित मिति : 14:56









