माओवादीले बोलायो स्थायी कमिटी बैठक
२२ साउन, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाका दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको छ । यसअघि पूर्ण बैठक बस्न नसकेर अपूर्ण बैठक नेता नारायणकाजी श्रेष्ठको निवासमा बसेको थियो ।
स्थायी कमिटी बैठकमा सत्ता गठबन्धन कार्यदलले तयार पारेका सरकारको न्यूनतम साझा कार्यक्रमको बारेमा नेताहरुलाई जानकारी गराइने बताइएको छ । शुक्रबार बिहान कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको थियो ।
प्रकाशित मिति : 11:15









