१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

शुक्रबार ५०० रुपैयाँले घट्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

२२ साउन, काठमाडौँ । शुक्रबार सुनकाे मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । त्यस्तै आज तेजावि सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार छापावाला सुन ९२ हजार र तेजावि सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकाे थियाे । चाँदी १२७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार ११:१२