२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

फुटबलर लियोनल मेस्सी र बार्सिलोनाको सम्बन्ध विच्छेद

२२ साउन, काठमाडाैँ । फुटबलर लियोनल मेस्सी र बार्सिलोनाको सम्बन्ध विच्छेद हुने निश्चित भएको छ । अर्जेन्टिनाका फुटबलर मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छोड्ने पक्का भएको हो । बार्सिलोनाले मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ । यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गर्ने बताइएको थियो । बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत भएपनि लिगको नियम अनुसार अनुबन्धन हुन नसकेको बार्सिलोनाले निकालेको विज्ञप्तिमा भनिएको छ । ३४ वर्षका मेस्सी गएको जुलाई १ तारिखदेखि फ्री एजेन्ट बनेका थिए । सन् २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार ०८:५१