१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

प्रधानमन्त्री देउवाको नाममा भइरहेको गाईजात्रा तत्काल बन्द गर्न कांग्रेसको निर्देशन

२२ साउन, काठमाडौँ । नेपाली कांग्रेसले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नाममा सामाजिक सञ्जालमा चलिरहेको गाईजात्रा बन्द गर्न निर्देशन दिएको छ । महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री देउवाको सचिवालयलाई विशेष आग्रह गर्दै तत्काल गाई जात्रा बन्द गर्न अनुरोध गरेका छन । उनले भनेका छन, ‘जीवनको हरेक क्षण देश,जनता र लोकतन्त्रका लागि समर्पण गरि जनताका बिचमा स्थापित काँग्रेस सभापति तथा प्रधानमन्त्री आदर्णिय शेर बहादुर देउवाज्युका बारेमा सामाजिक सन्जाल मार्फत सुरु गरिएको भिडियो गाई जात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालय लाई बिशेष अनुरोध गर्दछु ।’

प्रकाशित मिति : August 6, 2021 at 7:52 am