३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

योगेश भट्टराई र सुरेन्द्र पाण्डेद्धारा माधव समुहकाे केन्द्रिय कमिटी बैठक बहिष्कार

२१ साउन, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल समुहले बोलाएको स्थायी कमिटी बैठक नेता योगेश भट्टराई र सुरेन्द्र पाण्डेले बहिष्कार गरेका छन् ।

बिहिबार बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बसेकाे स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक भट्टराई र पाण्डेले बहिष्कार गरेका हुन् ।  भट्टराईले धेरै समयअघि नै नेता नेपालको साथ छोडिसकेका छन् भने अब पाण्डेले पनि नेपालकाे साथ छाेडेका छन् ।

पछिल्लाे समय नेताहरुले माधव नेपाललाई पार्टी एकतावद्ध गर्न दवाव दिइरहेका छन् । नेता नेपालले पार्टी विभाजन गर्न खोजेको भन्दै उनिहरुले कार्यदलले तयार गरेको सहमती दुबै पक्षले मानेर पार्टीलाई एकतावद्ध गर्नुपर्ने अडान लिँदै आइरहेका छन् ।

प्रकाशित मिति : 15:27