प्रतिनिधिसभा विघटनमा ओली मात्रै जिम्मेवार छैनन्ः नारायणकाजी श्रेष्ठ
२० साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताएका छन् । बुधबार राष्ट्रियसभामा बोल्दै नेता श्रेष्ठले संसद विघटनमा ओली मात्रै जिम्मेवार नभएको भन्दै राजनीतिक पार्टीहरु र योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि जिम्मेवार रहेको बताएका छन् ।
श्रेष्ठले भने, ‘यो मुलुकको यो बेहालका निम्ति (प्रतिनिधिसभा विघटन गर्न) त्यो प्रवृत्तिका बाहक उहाँ मात्रै (केपी ओली मात्रै) जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए ।’
प्रकाशित मिति : 14:40









