३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

साथीहरूलाई सहज हुँदा आए हुन्छ सँधै स्वागत छ, तर अब एमाले गतिहीन रहन्नः महासचिव पोखरेल

२० साउन, काठमाडाैँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले अब गतिहीन भएर रहन नसक्ने बताएका छन । मंगलबार राति ट्वीटगर्दै महासचिव पोखरेलले पार्टी गतिहीन भएर रहन नसक्ने स्पष्ट पारेका छन ।

माधवकुमार नेपाल समूह एमालेलाई गतिहिन बनाउँदै नयाँ पार्टीको तयारीमा लागेपछि महासचिव पोखरेलले यस्तो ट्वीट गरेका हुन । उनले भनेका छन ‘पार्टी गतिहीन भएर रहन सक्तैन । आफ्नै गतिका साथ अगाडि बढ्छ, बढिरहन्छ ! यसको गतिमा सामेल भएर योगदान गर्न आउनुहुने सबै साथीहरूलाई स्वागत छ ! जहिले सहज हुन्छ – आउँदा हुन्छ , सँधै स्वागत छ ! तर जुनसकै कारणले पार्टीलाई गतिहीन बनाइरहने प्रयत्नलाई स्वीकार्न सकिन्न !’

प्रकाशित मिति : 06:05