२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी

१८ साउन, काठमाडाैँ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो अभिव्यक्ति विवादति भएपछि माफी मागेका छन् । सोमबार ट्वीट गर्दै प्रमुख प्रशिक्षक अल्मुताइरीले सार्वजनिक रुपमा माफी मागेका हुन् ।

उनले नेपालमा खेलाडीसँगै खेलकुद पदाधिकारीहरुको मानसिकता पनि परिर्वतन हुनुपर्ने अभिव्यक्ति दिएपछि विवाद भएको थियो । मुख्य प्रशिक्षकले यसरी बोल्नु अनुशासन उल्लंघन भएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फाका) वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले कारबाहीको माग गरेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १६:३४