१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेकपाले बोलायो केन्द्रीय सचिवालयको आकस्मिक बैठक, यस्ता छन एजेण्डा

३२ असार, काठमाडौँ । नेकपाले केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने गरी सचिवालयको बैठक आह्वान गरिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बैठकमा समसामयिक विषयमा छालफल हुने बताइएको छ ।

बैठकमा सरकारले संसदमा प्रस्तुत गर्न खोजेको राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धी विधेयकका विषयलाई लिएर कांग्रेसले गरेको संसदको अबरोध र गोविन्द केसीको अनसनका समर्थनको नाममा अस्पताल बन्द गरेर सडकमा उफ्रने चिकित्सक र स्वास्थ्यकर्मीबारेका गम्भीर ढंगले छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : ३२ असार २०७५, सोमबार १४:२२