१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको आईपीओ सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

१७ साउन, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचीकृत भएकाे छ ।

आज (नेप्सेमा कम्पनीकाे १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । कम्पनीकाे पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MKLB सिम्बाेल पाएकाे छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार १४:०३