१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेप्सेमा विभिन्न ३ कम्पनीको सेयर सूचीकृत, कुनको कति ?

१७ साउन, काठमाडौँ । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ कम्पनीको शेयर सूचीकृत भएको छ । गत गत साता नेप्सेमा जीवन विकास लघुवित्तको आईपीओ, आइएमई जनरल इन्स्योरेन्स कम्पनी र नेपाल हाइड्रो डेलपर्सको बोनश शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

गत साता आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनश शेयर वापतको ७ लाख ५७ हजार ५ सय कित्ता शेयर र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको १५ प्रतिशत बोनश बापतको ३ लाख ९० हजार कित्ता शेयर सूचीकृत भएको हो ।

त्यस्तै, सर्वसाधारणमा साधारण शेयर जारी गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ६० लाख ८४ हजार १ सय कित्ता आईपीओ सूचीकृत भएको हो ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार ११:१२