एमाले स्थायी कमिटी बैठक बस्दै, अब माधव नेपाललाई नपर्खिने
१७ साउन, काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे ललितपुरकाे च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्न लागेको हो ।
आजको बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी एवं पार्टी सदस्यता नवीकरण र वितरणबारे छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । शनिबारकाे बैठक विघटित कार्यदलका सदस्यहरूको सुझाव अनुसार स्थगित गरिएको थियो ।
विघटित वार्ता टोलीका संयोजक सुवास नेम्वाङले माधव नेपालसँगको आफ्नो र विष्णु पौडेलको कुराकानीका विषयमा जानकारी गराउँदै नेपाल एकताको पक्षमा नरहेको सुनाएका थिए । नेपाल समुहका वार्ता टोलीका नेताहरुले अन्तिम पटक माधव नेपालसंग संवाद गर्ने बताएपछि नेम्वाङको आग्रहमा शनिवारको बैठक स्थगित भएको थियो ।तर अब माधव नेपाललाई पर्खिएर नबस्ने सचिव तामाङले जानकारी दिए ।
प्रकाशित मिति : 10:54









