एमाले स्थायी कमिटी आज, यस्ता छन बैठकका एजेण्डा
१६ साउन, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पछिल्लो समय गतिहिनी बनेको एमालेले आजबाट गति लिन सक्ने अनुमान कार्यकर्ताले गरेका छन । वरिष्ठ नेता माधवकुमार नेपाल समूह नयाँ पार्टी गठन गरेर सरकारमा जाने तयारीमा रहेको छ ।
यद्यपी सोही समूहलाइ कुर्ने नाममा एमाले पछिल्लो दिनमा गतिहिन हुन पुगेको छ । नेताहरूको ठूलो स्वरको कारबाहीको चेतावनी र स्ष्टिकरण समेत थन्किएका छन । पार्टीको अनुशासन विपरित काम गर्नेहरूलाइ नै कुरोर एमाले गतिहिन बनेको भन्दै नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन ।
शनिबार तीन बजे बस्ने बैठकले विधान महाधिवेशनको तयारी,केन्द्रीय विभागहरुको पूर्णता र पार्टी सदस्यता वितरण एवं नविकरण लगायतका बिषयहरुमा छलफल र निर्णय हुने केन्द्रीय कार्यलय सचिब शेरबहादुर तामाङले जानकारी दिए । बैठक ललितपुर स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।
प्रकाशित मिति : 08:15









