३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

एमाले फुट्ने कि जुट्ने भन्ने दुबिधाको अन्त्य शनिबार हुने, यस्तो छ ओलीको निर्देशन

१४ साउन, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा जारी विवादलाई तत्काल वारपार गर्न निर्देशन दिएका छन । बुधबार पार्टी कार्यलयमा पुगेर महासचिव इश्वर पोख्रेललाई शनिवार बिहान आम कार्यकर्ताले पार्टी मिल्यो वा फूट्यो भन्ने स्पष्ट सन्देश पाउने गरी काम गर्न निर्देशन दिएका हुन ।

पार्टीमा सहमतिका नाममा कुनै पनि निर्णय हुन नसक्दा सबै कमिटी र कार्यकर्ता क्रोनिक हुँदै गएको निष्कर्ष निकाल्दै अध्यक्ष ओलीले अब दुईदिनभित्र सबै बिषय टुंगो लगाउन निर्देशन दिएका हुन । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरु सहमतिकै लागि लागिपरिरहेको बताए ।

‘जतिसक्दो चाँडो पार्टीका विवाद समाधान गरौं भनेर हामी दुवै पक्षका साथीहरु छलफलमै छौं’ नेम्वाङले भने ‘अब एक दुईदिन मै जे हुने हो हुन्छ । कि एकै ठाउँ भइन्छ । एकै ठाउँ हुन नसक्ने साथीहरु बाटो लाग्नुहुन्छ ।’

प्रकाशित मिति : 15:25