१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मैलुङखोला जलविद्युत् कम्पनीको आईपीओ आजदेखि निष्कासन

१४ साउन, काठमाडौँ । मैलुङखोला जलविद्युत् कम्पनीको आईपीओ आजदेखि निष्काशन भएको छ । कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

कुल सेयरमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुका लागि र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणलाई निष्काशन हुने कम्पनीले जनाएको छ ।

उक्त आईपीओमा न्युनतमा १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आवेदन छिटोमा साउन १८ गतेसम्म र ढिलोमा साउन २८ गतेसम्म बिक्रीमा रहेने छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार ०६:५७