२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

रविन्द्र मिश्रहरू राजतन्त्रका भूत हुन: पूर्व प्रधानमन्त्री भट्टराई

१२ साउन, काठमाडौँ। जसपाका नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले विकेकशिल साझाका संयाेजक रवीन्द्र मिश्रलाई राजतन्त्रको भूतकाे उपमादिएका छन । मिश्रले संघीयता र धर्म निरपेक्षताका बारेमा दिएकाे अभिव्यक्ति पछि भट्टराईले कडा प्रतिक्रिया दिएका हुन ।

भट्टराईले ट्वीट गर्दै भनेका छन,`झिंगाको सरापले डिंगा मर्दैन! कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन।संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन!बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून!´

प्रकाशित मिति : July 27, 2021 at 11:04 am