३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

जसपाको कार्यकारिणी समिति बैठक बस्दै, ठाकुर पक्षलाई पनि बाेलाइयाे

१२ साउन, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)को पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यलय बालकुमारीमा बस्ने भएकाे हाे ।

निर्वाचन आयोगले आधिकारिकता दिएपछि अध्यक्ष उपेन्द्र यादव समूहको बैठक बस्न लागेको हो। बैठकमा महन्थ ठाकुर समूहलाई पनि बोलाइएको छ । ठाकुर पक्षसँग पार्टीमा मिलेर अघि बढ्ने वा अर्को दल दर्ता गर्ने भन्ने दुई वटा विकल्प रहेकोले यसै बिषयमा छलफल गर्दैछ।

बैठकमा सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा तत्काल सहभागीमा हुने/ नहुने विषयमा पनि छलफल हुने बताइएकाे छ ।

प्रकाशित मिति : 10:36