अखिल नेपाल महिला संघको संयोजकमा पूर्वमन्त्री थममाया थापा चयन
११ साउन, काठमाडाैँ । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको संयोजकमा पूर्वमन्त्री थममाया थापा मगर चयन हुनु भएको छ । आइतबार सम्पन्न अनेमसंघको सचिवालय बैठकले सहसंयोजक थापालाई संयोजक चयन गरेको हो ।
यसअघिको संयोजक सीता पौडेल गण्डकी प्रदेश प्रमुख नियुक्त भएपछि खाली रहेको ठाउँमा सहसंयोजकलाई जिम्मेवारी दिइएको अनमेसंघकी सचिव सुजिता शाक्यले जानकारी दिइन् । अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन फागुनमा गर्ने तय भएको छ ।
प्रकाशित मिति : 20:21









