३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

एक साताभित्रै एमाले एकता टुंगिन्छः प्रदीप ज्ञवाली

११ साउन, रुपन्देही । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एक साताभित्रै पार्टी एकताको टुंगो लागिसक्ने बताएका छन् । सोमबार पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता ज्ञवालीले कार्यदलले तयार पारेको १० बुँदे आधारमा रहेर एकता अघि बढ्ने बताए ।

‘माधव कमरेडलगायतका साथीहरू तत्काल नआए पार्टी एकताको ढोका खुला राख्दै अघि बढ्छौँ, जुन दिन पाटीमा फर्किनुहुन्छ सोही दिन पुरानै जिम्मेवारी दिइन्छ । तर, अब कुरेर बस्ने स्थिति छैन,’ ज्ञवाली भने ।

विपक्ष दलको नेतालाई सरकार बनाउँदासम्म पनि पार्टी एकता जोगाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले भूमिका खेले पनि एकतामा नआउनु भनेको एकता नचाहेको अर्थ बुझिने ज्ञवालीले बताए । ज्ञवालीले सर्वोच्च अदालतले गरेको फैसला गलत, संविधानविपरीत, संविधानको अपव्याख्या भएकाले कार्यकर्तालाई गाउँगाउँमा पुगी भण्डाफोर गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : 16:03