२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्र सूचिकरण खारेज

११ साउन, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ । स्टकका अनुसार बैंकले “८% नेपाल इन्भेष्टमेन्ट बैंक वण्ड, २०७८”  को सूचिकरण खारेज भएको हाे । कम्पनीको ऋणपत्र साउन १० गतेबाट परिपक्व भएकोले सुचिकरण खारेज भएको नेप्सेले जनाएको छ । बैंकले ८ प्रतिशत ब्याजदरमा ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन तथा विक्री गरेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार १३:३४