फागुनमा आउने स्थानीय चुनावका लागि अहिल्यैदेखि एमाले बलियो बनाउँः भीम रावल
१० साउन, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले एकता अभियानलाई फराकिलो बनाएर आगामी चुनावको सामना गर्नका लागि तयार रहन आग्रह गरेका छन् ।
आइतवार पार्टी एकताका लागि दबाब दिन बसेकाे सांसदहरूसँगको छलफलमा बोल्दै रावलले विगतमा भएका गल्ती कमजोरीको समय क्रममा समीक्षा गर्न सकिने समेत बताए ।
उनले भने, ‘झण्डा हेरेर कार्यकर्ता र जनता पछि लाग्ने हुन् । अब फागुनमा स्थानीय चुनाव आउँछ, त्यसपछि अरु चुनाव आउँछन् । अहिलेदेखि नै तिक्तता र अन्तरविरोध समाधान गर्ने, पार्टीलाई पुनः सशक्त बनाएर नलाने हो भने थप अप्ठेरो पर्छ ।’
प्रकाशित मिति : 14:38









