३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

एमाले नेता बादल र नेकपा माहासचिव विवप्लवबीच भेटवार्ता

९ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा एमालेका नेता रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ । बादल निवासमा दुइ नेताको बीचमा भेटवार्तता भएको हो । भेटमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र सन्तोष बुढा पनि रहेका थिए । दुइ नेताको बीचमा समसामयिक राजनीतिको विषयमा छलफल भएको थियो । विप्लवलाइ शान्तिपूर्ण राजनीतिमा ल्याउनका लागि गृहमन्त्रीको रूपमा बादलले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विप्लवमै आजै जसपा अध्यक्ष महन्थ ठाकुरसँग पनि भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : 17:12