३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

डा भीम रावलद्धारा सांसद पदबाट दिएको राजिनामा फिर्ता, सिंहदरबारबाट फर्किए

८ साउन, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले वरिष्ठ नेता माधवकुमार नेपाल एमालेका फर्किन तयार रहेपछि सांसद पदबाट दिएको राजिनामा फिर्ता लिएका छन । भर्खररै संसद सचिवालबाट राजिनामा फिर्ता लिएर रावल फर्किएका छन । रावल केहीबेर अघि सांसद पदबाट दिएको राजिनामा पत्र फिर्ता लिएर टोखास्थित निवास फर्किएको उनी निकटका एमाले नेता एकिन्द्र कुँवरले जानकारी दिए ।

एमाले एकताका लागि १० बुँदे तयार पारेपछि माधव नेपालले यो त सबै चालबाजी हो, हामीले त नयाँ पार्टी खोल्ने हो, शोरबहादुर देउवालाइ मत दिने हो भनेपछि आक्रोशित बनेका रावलले सांसद पदबाटै राजिनामा दिएका थिए । रावललाइ राजिनामा फिर्ताको निर्णय लिन सुदुरपश्चिममा चार मन्त्री र १० सांसद मंगलबार काठमाडौँ आएका थिए ।

माधव नेपालले बुधबारको रावलसँगको भेटमा राजिनामा फिर्ता लिएर देउवा सरकारमा पार्टीको नेतृत्व लिएर सहभागी हुन अनुरोध समेत गरेका थिए । तर रावलले एमाले भन्दा कुनै पनि पार्टीमा नजाने र कुनै पनि पद आफूलाइ नचाहिएको बताएका थिए ।

कर्णाली र सुदुरपश्चिममा तीनै रावलको बलमा प्रदेश सरकार माओवादीलाइ जिम्मा लगाउन सफल माधव नेपाललले रावल विनाको आफ्नो टिमको कल्पना गरेका छैनन् । उनी कांग्रेसको पछि लागेर हिड्दा पनि उनले रावलको एक्लो साथ पाएका थिए ।

बाँकी स्थायी कमिटी सदस्यका हस्ताक्षर विज्ञप्ति जारी गर्ने बेलामा प्रयोग हुन्थ्यो तर उनीहरूले भौतिक रूपमा साथ दिएका थिएनन् । तर नेपाल समूहका तर्फबाट एकता कार्यदलका संयोजक रहेका रावलले आफैँले नेपालसँग सहमति गरेर तयार पारेको १० बुँदामाथि नकारात्मक टिप्पणी गरेर गलत बाटोमा हिँडेपछि रावलले खबरदारी गरेका हुन ।

प्रकाशित मिति : 12:48