कांग्रेस पदाधिकारी बैठक जारी, यस्ता छन् एजेण्डा
८ साउन, काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक सुरु भएको हो । उक्त बैठकमा क्रियाशील सदस्यता छानविन समितिले गरेको कामका बारेमा जानकारी लिनुका साथै पार्टीको आगामी १४औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले यसअघि नै आगामी भदौ १६ देखि भदौ १९ गतेसम्म पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि यही साउन १२ गतेदेखि वडा तहको निर्वाचन गर्ने मिति तय गरेको छ । पार्टी सरकारमा सहभागी भएका कारण र क्रियाशील सदस्यता समयमा नटुङ्गिएका कारण निर्वाचनको मिति हेरफेर हुने बुझिएको छ ।
प्रकाशित मिति : 11:05









