माधव नेपालको स्पष्टिकरणः सर्वोच्चको आदेश अनुसार देउवालाई भोट दिएँ
७ साउन, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार एमालेले सोधेको स्पष्टिकरणको जवाफ दिएका छन । नेपालले जवाफमा सर्वोच्चको आदेश अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मत दिएको बताएका छन । उनले सर्वोच्चको २३ फागुनको फैसलापछि नयाँ परिस्थितिमा पुनः पार्टी एकता प्रक्रिया अघि बढाउनुको साटो एउटा विचार समूहलाई मात्र लिएर हिंड्दा समस्या आएको दाबी पनि गरेका छन ।
उनले पार्टी अध्यक्ष ओली २८ फागुन २०७७ यता पार्टीको विधान र प्रक्रिया विपरीत अघि बढेको र नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको जिम्मेवारी परिवर्तन गर्ने, २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्ने जस्ता निर्णय गरेको भन्दै स्पष्टिकरणको जवाफमा असन्तुष्टि जनाएका छन ।
प्रकाशित मिति : 15:59









