३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

बाँदर र स्यालको जुलुशले मलाई केही फरक पर्दैनः माधव नेपाल

७ साउन, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बाँदर र स्यालको जुलुशले केहि फरक नपर्ने बताएका छन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा कीर्तिपुरको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने ‘मलाई बाँदर र स्यालको जुलुशले केही फरक पर्दैन ।’ उनले कम्युनिष्ट पार्टीभित्र संस्कार बसाल्ने र अरुको मानसम्मान गर्नेले मात्रै त्यसको प्रतिफल पाउने बताए । नेता नेपालले कम्युनिष्टको नाम र झण्डा दुरुपयोग गर्नु नहुनेमा पनि जोड दिए ।

प्रकाशित मिति : 14:33