१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आलमप्रति अध्यक्षद्वय अाेली र प्रचण्डको श्रद्धाञ्जली

३० असार, काठमाडाैँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमलाई प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम श्रद्धाञ्जली दिनुभएको छ ।

नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा दिवंगत नेता आलमको पार्थिव शरीरमा उहाँहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

गृह जिल्ला रौतहटमा हृदयघात भएपछि नेता आलमलाई उपचारका लागि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । उपचारका क्रममा ५३ वर्षीय नेता आलमको शुक्रबार राति निधन भएको हो ।

श्रद्धाञ्जलिका लागि नेता आलमको पार्थिक शरीरलाई आज बिहान पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । नेता आलमलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपाका नेता तथा कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय धुम्रवाहारी पुगेका थिए । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उहाँ रौतहट क्षेत्र नं २ बाट वाम गठबन्धनको उम्मेदवार बन्नु भएको थियो ।

 

प्रकाशित मिति : ३० असार २०७५, शनिबार १४:०६